विभिन्न समयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको भारतले पशुपतिनाथ मन्दिर पनि आफ्नो भएको दावी गरेको छ।

काठमाडौं, १७ वैशाख - विभिन्न समयमा भगवान गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आएको भारतले पशुपतिनाथ मन्दिर पनि आफ्नो भएको दावी गरेको छ।

भूकम्पले नेपालको आँशु झरेका बेला भारतले पशुपतिनाथलाई एबीपी न्यूजले लेखेको समाचारमा आफ्नो सम्पत्ति भनेर दाबी गरेको हो। भारतले पशुपतिनाथ भारत र नेपालको साझा सम्पत्ति हो’ भनेर दाबी गरेको हो। उसले नेपाल र भारतको साझा सम्पत्ति भएकाले भूकम्पले हल्लाउन नसकेको टिप्पणी गरेको छ।

भारतीय सञ्चारमाध्यमले सयौं वर्ष पूराना भारतीय बास्तुशास्त्रले मन्दिर निर्माण भएको दाबी गर्दै भारतीय बास्तुशास्त्रका कारणले पनि मन्दिर सकुशल रहेको टिप्पणी गरेका छन् । उनीहरुको टिप्पणी अनुसार पशुपतिनाथ ‘भारतले नै बनाइदिएको’ भन्न खोजिएको छ । केही समय अघि मात्रै मलेसियामा भएको क्रिकेट खेलमा शक्ति गौचनलाई भारतमा जन्मिएको भनेर भारतीय सञ्चारमाध्यमले प्रचारवाजी गरेका थिए ।

नेपालका हरेक सफलताको जस भारतले लिने गरेको छ। पशुपति पनि ठूलो भूकम्पबाट क्षति नभएपछि त्यसको जस पनि भारतले नै लिन खोजेको छ। केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मनी पुगेर बुद्ध जन्मिएको शान्तिको देश भारत हो भनेर सुरक्षा परिषद्को सदस्य बन्न पाउनुपर्ने माग गरेका थिए ।

यसले के बुझिन्छ भने भारत नेपाललाई हरेक सफल फाइदाजनक कुराबाट बञ्चित गराउन चाहन्छ । नेपालमा भएका सम्पदा र अन्य विषयबाट आफू फाइदा लिन चाहन्छ । भारतले सार्वजनिक रुपमा नेपालका सम्पदामा हस्तक्षेप गर्दा समेत नेपाल सरकारले अहिलेसम्म मुख खोलेको छैन्।

अहिले भारतीय सञ्चारमाध्यमले मात्रै पशुपति आफ्नो भनेर दाबी गरेका छन् । विस्तारै भारतीय प्रधानमन्त्री मोदीले समेत यो कुरा भन्न बेर लगाउने छैनन् । जहाँ पशुपतिलाई भारतको सम्पदा भन्न खोजिएको छ। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यूरोपको जर्मनी पुगेर ‘बुद्ध जन्मिएको देश भारत हो’ भनेका थिए ।

Post a Comment

 
Top